Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित

दार-ए-सलाम । जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को तान्जानियाको दार-एस्-सलाममा आइतबार विमोचन भएको छ ।

गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् ।

नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत कार्कीसँग पुस्कतको बारेमा चर्चा गरेका थिए।

लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए ।

‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने रुची सानैदेखिको हो । रुसी छात्रवृत्तिको पैसा जोगाएर एक्लै रुकस्याक बोकेर धेरै पटक घुमे ।’

उनले आफूलाई सय पुस्तक पढेभन्दा एक पटकको यात्रा धेरै ज्ञानवर्द्धक हुने भनाइले सधै आकर्षित गरिरहेको बताए । ‘अर्को पुस्तक लेखे भने पनि नियात्रा नै हुने छ’ उनको भनाइ थियो ।

पत्रपत्रिका फुटकर नियात्राहरु लेख्दै आएका लामिछानेले पुस्तक लेख्नका लागि काठमाडौंको साहित्यक मोहत्सवमा भएको घटनापछि साथीहरुले जोड गरेको बताए ।

‘एक जना नाम चलेको साहित्यकारले वरिष्ठ साहित्यकार भनेर पुस्तक हस्ताक्षर गरेर दिनुभयो । त्यसपछि जुगलजी(भूर्तेल)ले अब त तपाईँले नलेखि नहुने भो भन्नुभयो’ उनले भने, ‘पहिलेदेखि नै सामाजिक सञ्जाल होस वा पत्रपत्रिका लेखेको सबैतिर राम्रै प्रतिक्रिया प्राप्त गरेको थिए । ‘

दुई साताअघि काठमाडौमा सो पुस्तकको बिमोचन भएको थियो । अफ्रिका विमोचन कार्यक्रममा बोल्दै राजदूत राईले सरसर्ती संसारको पढ्दा र अन्य देशमा भएका प्रसंगहरुलाई लेखेकले राम्रोसँग उतारेको बताए । ‘हिराको पारख जुवाहरीलाई थाहा हुन्छ । चुरौटेलाई होइन’ राईले भने ।

‘पुस्तकमा कहाँ गए के भयो भन्ने मात्रै छैन । गएको ठाउँको इतिहास, संस्कृति र अन्य पक्ष पनि राम्रोसँग उतारिएको छ’राईले भने, ‘त्यसलाई नेपालसँग जोड्न यसलाई झनै सुन्दर बनाइएको छ ।