Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

”आउँदैन दशैँ” : मनै छुने हरफहरू

सोमबार, असोज १७, २०७३

तिम्रो मेरो अन्तरामा आउँदैन दशैँ,
हाम्रो देश छ खतरामा आउँदैन दशैँ,,
के खालान् युद्धमा बाबा गुमाएकाहरुले,
कर्णालीका कन्दरामा आउँदैन दशैँ,,
मेरा हातहरु अझै बन्धकीमा नै छन्,
मेरो घरको जमरामा आउँदैन दशैँ,,
यि भरियाहरु अझै भारी बोकी रहेकै छन्,
दु:खको यो पहरामा आउँदैन दशैँ,,
आमा उता छोरा यता आँखाबाट बगाउँछन्,
आँशुको यो छहरामा आउँदैन दशैँ ।।