Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

सोलुखुम्बु नेचाका आङ पासाङ शेर्पा मलेसियामा खुट्टा गुमाए नाजुक अवश्थामा सहयोग को अाह्वान

रमेश खड्का
क्वालालम्पुर मलेसिया
सोलुखुम्बु नेचा बतासे ७ केसरी टोलका आङ पासाङ शेर्पा मलेसियाको साह अालम हस्पिटलको सैयाबाट सहयोगको लागि अपिल गरेका छन । परिवार निम्न आयस्रोत भएको ,२४ बर्ष को उमेर मै आफ्नो पीडा एकातिर र अर्कोतिर दुई दाजुभाइ समेत अपांग रहेको ले बाकी थोरै रहेकोे मानसिक संतुलन पनि पो गुम्छ कि भन्ने चिन्ता ले अझै पीडा माथी पिडा थपेको छ
बिगत एक बर्ष एता अबैधानिक हैसियत मा मलेसियाकाे प्रतिष्ठित पानासोनिक कम्पनी मा काम गर्दै आएका शेर्पा कम्पनी परिसर मै लडेर दाहिने खुट्टामा साधारण चोट लागेपछी केही समय एत्तिकै बसे तर खुट्टामा लागेको चोट कै कारण असाधारण हुँदै गएपछी मलेसिया को साआलम हस्पिटलमा एक मैना अगि भर्ना भएका शेर्पा को खुट्टा बिग्रेको र तेस्लाइ तुरुन्तै काट्नु पर्ने अन्यथा ज्यान सम्म जानसक्ने चिकित्सक हरु ले बताएपछी शेर्पा को सहमति मै दाहिने खुट्टा पुरै काटिएको छ ।
शेर्पा को घर फिर्ता र उपचार को लागि नेपाल आदिवासी जनजाति महासंघ मलेसिया ले सहयोग सङ्कलन गरेर स्वदेश फिर्ता गराउने तयारी गरिएको छ । पहिले नै उपचार गराउन नसक्दा यो स्थिति आएको र अझै ठिक हुन समय लाग्ने सरकारि हस्पिटल भएको ले उपचार समेत राम्रो हुन नसकेको भन्दै संघ का अध्यक्ष पिटि शेर्पा ले उहाँलाई छिटै स्वदेश फिर्ता गराइ स्तरिय उपचार को खाचो औंल्याउदै सहयोग सङ्कलन मा आफुहरु जुटेको जानकारी दिए ।
सहयोग दाता हरुले पि टि शेर्पा पिनासा 018-3876029 दिल कुमार तुम्रोक  011-39511229
मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ Cimb bank account no. 7063731923
Tumrok dil kumar को एकाउन्ट मा पनि रकम जम्मा गराउन सकिने छ ।