Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

सोलुखुम्बुमा शिक्षक महासंघ को निर्बाचन आज सल्लेरी मा हुदै बामगठबन्धन र कांग्रेस मैदान मा

सोलुखम्बु , नेपाल शिक्षक महासंघ को निर्बाचन सल्लेरी मा हुदै छ सहमति  नजुटे  पछि निर्बाचन हुने भएको हो सोलुखुम्बुको नेतृत्व चयनका लागि सल्लेरीमा व्यापक चहलपहल शुरु भएको छ । शुक्रबार उद्घाटन गरिएको प्रथम जिल्ला अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्ने सम्भावना न्यून देखिएपछि चुनाबी प्रक्रियावाट नेतृत्व चयनका लागि सम्बन्धित संघ संगठनहरुले आन्तरिक तयारी तिब्र बनाएकाछन् ।

महासंघको नेतृत्वका लागि नेपाल शिक्षक संघ र दुई संगठनको साझा टिम बीच प्रतिस्पर्धा हुनेछ । नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले साझा उम्मेदवार उठाउने तयारी गरेको एक शिक्षक प्रतिनिधीले बताए ।

महासंघको नेतृत्वका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनवाट गोविन्दबहादुर बस्नेत र नेपाल शिक्षक संघवाट लालप्रसाद बास्तोलाले अध्यक्षमा उम्मेदवार दिने  लगभग निश्चित भएको वताएको छ
शुक्रबार शुरु भएको अधिवेशनको उद्घाटन नेपाल शिक्षक महासंघका केन्द्रिय अध्यक्ष केशब निरौलाले गरेका थिए । अधिवेशनका लागि सोलुखुम्बु जिल्लाका विभिन्न विद्यालयका करिब १५ सय शिक्षक शिक्षिका सल्लेरीमा भेला भएकाछन् ।