Tuesday 16th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

सेनाले द्रूत मार्ग निमार्णमा बाहिरी जनशक्ति ल्याउने

आईतबार २४ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने काठमाडौं नीजगढ जोड्ने द्रूत मार्ग ( फास्ट ट्रयाक ) निमार्णको ठेक्का पाएको नेपाली सेनाले आवश्यक पर्ने दक्ष जनशक्ति बाहिरबाट ल्याने भएको छ । द्रूत मार्ग निमार्ण प्रकृयामा सेनालाई आवश्यक पर्ने थप दक्ष जनशक्ति बाहिरबाट झिकाउने सेनाका प्रवक्ता झंकरबहादुर कठायतले बताए ।

हालसम्म सेनाले ९३ प्रतिशत जग्गा अधिकरणको काम सकिसकेको छ । बाँकी रहेको क्षेत्रमा ललितपुरको सैंबु, खोका, बुङमती र झुकुछापका बासिन्दाले जग्गाको मुआब्जामा चित्त नबुझाएका कारण अधिकरण रोकिएको हो । ७६ किमी लामाो सो मार्ग चारवर्षमा निमाण गरिसक्ने सरकारले लक्ष्य लिएको छ । यो द्रूत मार्गको ट्रयाक नेपाली सेनाले नै खोलेको हो । उसले एक अर्वका लागतमा एक वर्षमै ट्रयक खोल्ने काम सकेको थियो ।