Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

सुमार्गीको २ अर्ब १४ करोड रुपैयाँ नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटलाईट कम्पनीको लागि ल्याएको २ अर्ब १४ करोड रुपैयाँ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रिट निवेदनका कानुन व्यवसायीहरुको बहस सुनेपछि अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले यस विषयमा विस्तृत छलफलका लागि आगामी फागुन २ गते दुवै पक्षलाई झिकाउने भएको छ। गत आइतबार रिट निवेदन दर्ता भएको थियो। यो मुद्दामा वरिष्ठ अधिवक्ता रामनारायण विडारी, राघवलाल वैद्यसहित बार अध्यक्ष शेरबहादुर केसी, अधिवक्ता हरि फूयाललगायतले बहस गरेका थिए।

प्रकाशित : माघ २४ , २०७४