Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

सिंगापुरमा ट्रम्प र किमको सुरक्षामा किन गोर्खे सैनिक यसो भने ट्रमले

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा गोर्खा सैनिक खटिने भएका छन् ।

आगामी मंगलबार सिंगापुरमा हुने उनीहरु बिचको बार्तामा गोर्खा सैनिकले सुरक्षा दिने भएको हो । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साग्रिला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् ।

सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् ।

आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।