Thursday 21st February 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

सगरमाथा दिवस मे २९ मा ‘माउन्टेन फेस्टीभल’

काठमाडौं । आउटडोर एडभेञ्चर सेन्टर नेपालले सगरमाथा दिवस मे २९ मा ‘ओ.एस.सी. माउन्टेन फेस्टीभल’ आयोजना गर्ने भएको छ । शिक्षा, सूचना र सिर्जनात्मक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको सँस्थाले हिमाल आरोहणमा भएको समस्याको बारेमा आरोही र सरोकारवालाहरुबीच अन्तक्रिया कार्यक्रमसँगै फेस्टीभलको आयोजना गर्न लागेको हो ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा लगायत अन्य हिमालहरु सफल रुपमा आरोहण गरेका आरोही, क्लाईमिङ शेर्पा र कीर्तिमानी आरोहीहरुको अनुभव साटासाट गर्ने फेस्टीभलको मुख्य आकर्षण रहेको कार्यक्रम संयोजक सोनामजाङबु शेर्पाले बताए । ठमेलस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी माउन्टेन फेस्टीभलको उद्देश्य र कार्यक्रम तालिका सार्वजनिक गरिएको थियो ।
साहसिक खेलको सहजिकरण राजेश लामाले गर्नेछन् । खेलमा रुची भएका सबैले सहभागी हुन सक्ने अायोजकले बताएको छ ।

पर्यटन क्षेत्रमा भएका वर्तमान समस्याका बारेमा पथ प्रदर्शक, व्यवसायी, आरोही, सरोकारवाला र पर्यटन बोर्डका अधिकारीबीच अन्तरक्रिया गरी समाधान खोजिने कार्यक्रम रहेको पनि संयोजक शेर्पाले बताए । कार्यक्रममा साहसिक खेल सञ्चालन, प्रतियोगीता सञ्चालन, आरोहणका क्रममा आरोहीहरुले खिचेका तस्वीर, भिडियो प्रदर्शनी समेत गरिने छ । यसको साथै सांगीतिक कार्यक्रमसँगै पर्वतारोहण क्षेत्रमा सफल आरोहीहरुलाई थप हौसला प्रदान गर्न कार्यक्रमले सकारात्मक भूमिका खेल्ने बताइएको छ । साथै आरोहणको क्रममा प्रयोग गरिएका सामग्रीहरु मायाको चिनोको रुपमा बिक्रि गरिनेछ ।

फेस्टीभल ठमेलस्थित आउटडोर एडभेञ्चर सेन्टर नेपालको कार्यालय परिसरमा आयोजना हुनेछ । कार्यक्रमले लगानी मैत्री वातावरणको सिर्जना गर्ने समेत अपेक्षा लिएको संयोजक शेर्पाले बताए ।sagarmatha online thank you