Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

पोखरा : नेपाल निर्माण ब्यवशायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या अभियोगमा नख्खु जेलको नयाँ ब्लक राखिएका समिरमानसिह बस्नेतलाई सोमवार प्रहरीले पोखरा हुँदै जोमसोम लगेको छ । बुद्ध एयरको जहाजमा बिहान पोखरा ल्याइएका बस्नेतलाई प्रहरी भ्यानमा मुस्तातर्फ लगेको हो ।

 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा बस्नेतलाई २०७४ मंसिरमा भारतको दिल्लीबाट प्रहरीले पक्राउगरी नख्खु जेलमा राखेको थियो ।
बस्नेतलाई सोमवार बिहान बुद्ध एयरमा काठमाण्डौंबाट पोखरा ल्याउँदा प्रहरी पोशाकमा एकजना प्रहरी सँगै थिए ।

बस्नेतलाई नख्खु जेलबाट पोखरा हुँदै जोमसोम लगिने पत्तो आइतवार साँझ पाएकी बस्नेतकी श्रीमती माया शेरचन देवरहरुलाई लिएर राति नै पोखरा आएकी छन्। 

पोखरा विमानस्थलमा भेटिएकी मायाले नख्खु जेलमा रहेका श्रीमानलाई एकाएक जहाजबाट पोखरा ल्याएर जोमसोम कारागारमा लग्नुमा प्रहरीको षड्यन्त्र रहेको सुनाइन् । कास्कीका एक प्रहरी अधिकृतले पनि बस्नेतलाई जोमसोम जेलमा लगिएको बताए ।