Thursday 21st March 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

विपक्षीप्रति प्रधानमन्त्री अोली को अभिव्यक्ति, शैली अनुपयुक्त

गठनताका देखि अहिलेसम्म पनि केपी शर्मा ओली वर्तमान सरकारलाई इतिहासकै शक्तिशाली दावी गरिँदैछ । उर्जाशील र शशक्त रहेको भन्दै दुई तिहाई बहुमत प्राप्त प्रधामन्त्री र मन्त्रीमण्डलका सदस्यको प्रशंसा पनि भयो । तर, सरकारले काम देखाउन नसक्दा प्रमुख प्रतिपक्षी सरकारमाथि हाबी हुँदै गएको छ । तर, सरकारमाथि आक्रामक बनेको कांग्रेसलाई सत्तापक्ष भने कामले होइन अभिव्यक्तिले आक्रमण गर्न खोज्दै छ ।

लोकप्रिय मत ल्याएर गठन भएको सरकारको ‘मधुमास’ त्यति उपलब्धीपूर्ण नहुँदा संविधान संशोधन र जनजीविकाका मुद्दाले च्यापिरहेकै छ । निषेधाज्ञा जारी, बालकृष्ण ढुंगेलको रिहाई तथा गंगामाया अधिकारी र डा. गोविन्द केसीको अनसनलगायत मुद्दामा सरकार रक्षात्मक बन्नुप¥यो । कार्यकालको ५ महिना वित्नै लाग्दा गलत अभिव्यक्तिका कारण सरकारले कानूनमन्त्री गुमाउनु प¥यो ।

केसी प्रकरणको उत्कर्षसम्म प्रतिपक्षीको चर्को आलोचना खेपेको सत्तारुढ दल र सरकारले ‘अनसनको अस्त्र’ कानूनी रुपमै अन्त्य गर्ने बाटो लिएपछि प्रतिपक्षीको चर्को आलोचनाक्रम सुरु गरेको छ । साउन ७ गते पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपाका

त्यसयता हरेक सार्वजनिक कार्यक्रममा नेकपाका अध्यक्षद्वले कांग्रेसको चर्को आलोचना गरिरहेका छन् । सत्तारुढ दलका अन्य नेताको शैली पनि अध्यक्षद्वयको जस्तै छ । सामान्य कमजोरीका कारण सरकारमाथि दबाब बढिरहेको निश्कर्ष निकालेको नेकपाले विपक्षीलाई प्रहार गर्ने अघोषित नीति नै लिएको अध्यक्षद्वयका यि अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

सरकारमा रहँदा रक्षात्मक र विपक्षीमा रहँदा सरकारको चर्को आलोचना राजनीतिक प्रबृत्ति हो । जसलाई कांग्रेस, कम्यूनिष्ट सबैले पछ्याइरहेका छन् । सरकारलाई प्रहार गर्ने उद्देश्यले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको अभ्यास गरिरहेका बेला सत्तापक्ष पनि विपक्षीको प्रतिरोधका लागि तयार भइरहेको छ ।

तर, प्रतिरक्षा र आलोचनाका लागि प्रधानमन्त्रीसहित दुबैतर्फका नेताले जुनस्तरको शैली र शब्द खर्चिएका छन् त्यो अराजनीतिक खालको छ । सत्तापक्ष र विपक्ष मुद्दाभन्दा गाली÷गलौजको हकर्तमा उत्रिनुले व्यवस्था फेरिएपनि संस्कार नफेरिएको पुष्टि गर्छ ।