Sunday 21st October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

रोनाल्डो र मेस्सी भन्दा उचाईमा पुग्न सक्छन् १९ बर्षीय यी खेलाडी, भन्छन् विश्वकप खेल्दाका सबै रकम दान दिन्छु

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ मा अब विश्वका चर्चित र करोडौं दर्शकले मनपराएका खेलाडी रोनाल्डो, मेस्सी जस्ता बढी रुचाइएका खेलाडी यो सजिनमा देखिने छैनन् । तर उनिहरुकै तहका उदयमान खेलाडी पनि छन् भन्ने कुरा हामिले बिर्षनु हुन्न । हिजो शनिबार विश्वकपमा उपाधिको दाबेदार मानिएका दुई हेभिवेट टिम अर्जेन्टिना र फ्रान्सबीच शनिबार बेलुका भएकोको प्रिक्वार्टरफाइनल खेललाई धेरैले चासोको साथ हेरेका थिए ।

एकातिर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टिम र अर्कोतिर युवा खेलाडीहरुले भरिएको फ्रान्सबीचको खेल धेरै नै रोमाञ्चक रहृयो । गोलको वर्षा नै भएको उक्त खेलमा एक १९ वर्षका ठिटोले सनसनी मच्चाए । जो हुन् फ्रान्सका खेलाडी अम्बाप्पे । उनले अर्जेन्टिना बिरुद्ध दुई गोल गरेका छन् ।

काजानमा भएको खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ४ ३ को जीत हात पार्दा फ्रान्सका युवक केलियन एमबाप्पे खेलको नायक बने ।

बलियो प्रतिस्पर्धी अर्जेन्टिनाको डिफेन्सलाई ध्वस्त बनाउँदै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्‍याएपछि सबैतिर उनको चर्चा भइरहेको छ ।

को हुन् एम्बाप्पे

काठमाडौं । सन् १९९८ डिसेम्बर २० मा जन्मिएका एमबाप्पेको पूरा नाम लोटिन किलियन एमबाप्पे हो । गएको सिजन मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन पीएसजी आएका उनले लोभलाग्दो प्रदर्शन गरिरहेका छन् । गत सिजन चोटको कारण धेरै खेल गुमाए पनि उनले लिगमा १३ गोल गरेका थिए ।

सानै उमेरबाट फुटबल खेल्न थालेका उनी एएस बोन्डीको युथ एकेडेमीका उत्पादन हुन् । त्यसपछि आइएनएफ क्लारेफोन्टेन हुँदै मोनाको पुगेका उनी सत्र वर्षको उमेरमै मोनाकोको सिनियर टिमबाट डेब्यु गर्दै नियमित गोलकर्ता बन्न सफल भए ।

सन् २०१६-१७ को सिजन मोनाकोलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेपछि उनलाई पीएसजीले कीर्तिमानी रकम तिर्ने सम्झौता गर्दै लोनमा भित्र्याएको हो ।

यो सिजन लागेसँगै पीएसजीले उनको लागि १ सय ८० मिलियन युरो मोनाकोलाई तिर्नेछ । यो रकम पीएसजीले नै नेइमारको लागि बार्सिलोनालाई तिरेको २ सय २२ मिलियन युरो पछिको दोस्रो ठूलो ट्रान्सफर रकम हो ।

विश्वकै दोस्रो महंगो खेलाडी भए पनि उनी उदार दिलका छन् । उनलाई देश प्रतिनिधित्व गरेर खेल्दा पैसा लिन हुँदैन भन्ने महसुस हुन्छ ।
त्यसैले उनले आफूले फ्रान्सको जर्सी लगाएर खेल्दा पाउने सबै रकम अपाङ्ग बच्चाहरुको लागि दान दिने बताएका छन् ।

उनले विश्वकपमा खेलमा प्रति खेल बराबर १७ हजार पाउण्ड प्राप्त गर्छन् । त्यस्तै फ्रान्सले विश्वकप जितेमा उनले पारिश्रमिक बाहेक दुई लाख पैंसठ्ठी हजार पाउण्ड बोनसको रुपमा प्राप्त गर्नेछन् । उनले आफूले प्राप्त गर्ने रकम र बोनस अपाङ्ग बालबालिको क्षेत्रमा काम गर्ने च्यारिटी संस्था प्रायर्स डे कोर्डेस एसोसिएसनलाई प्रदान गर्ने घोषणा गरेको फ्रान्सेली दैनिक लि इक्विपेले जनाएको छ ।