Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

माल्दिभ्समा प्रजातन्त्र पुनःस्थापना होला ?

माल्दिभ्सको विपक्षी राजनीतिक दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्ला यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ ।

माल्दिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय दलका नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्व लिनेछन् । उनको नेतृत्वमा विपक्षी दलको समूहले उम्मेदवारी दिएपछि देशमा प्रजातन्त्रको पुनःस्थापना हुने अपेक्षा गर्न थालिएको छ । मालदिभियन विपक्षीहरूको समूहका रूपमा उनलाई पूर्वराष्ट्रपति मोहम्मद नशीदको सट्टामा उम्मेदवार बनाउन लागिएको छ । पूर्वराष्ट्रपति नशीदले गत शुक्रबार निर्वाचनमा आफूले भाग लिने घोषणा गर्दै उम्मेदवारी दिएका थिए तर निर्वाचन आयोगले उनको उम्मेदवारी अस्वीकार गरेको छ ।

पूर्वराष्ट्रपति नशीदले आतंककारी मुद्दामा कारबाही भोगिरहेको भन्दै उनको उम्मेदवारी आयोगले अस्वीकार गरेको थियो । आतंकवादी क्रियाकलापलाई सहयोग गरेको अरोप लगाउदै पूर्वराष्ट्रपति नशीदलाई थुनामा राखिएको थियो । माल्दिभ्समा आगामी सेप्टेम्बर २३ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुने घोषणा भइसकेको छ । यस निर्वाचन सरकारले स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नेमा आफूहरू विश्वस्त नरहेको भन्दै कतिपय विपक्षी दलले सहभागिता नजनाउने बताएका छन् ।

प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँगै सोलिहले निर्वाचनमा बहुमत ल्याएर प्रजातन्त्रको पनि पुनस्र्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोलिह यस निर्वाचनमा विजयी भएमा उक्त प्रतिपक्षी समूहको नेतृत्व लिइरहेका यहाँका अनुभवी नेता तथा पूर्वराष्ट्रपति मोहम्मद नशीदलाई प्रतिस्थापन गर्नेछन् । नशीदलाई राजनीतिक प्रतिशोधका कारण वर्तमान सरकारले कारबाही गरेको छ । विदेशमा उपचारका लागि गरेको आग्रहलाई स्वीकार गरिएपछि उन सन् २०१६ पछि निर्वासनमा रहँदै आएका छन् ।
यहाँका कैयौँ नेताहरू अन्यायपूर्ण रूपमा निर्वासनमा बस्दै आएका छन् । त्यस्तै स्वदेशमै पनि यहाँका अर्का पूर्वराष्ट्रपति मौमुन अब्दुल गैयुम पनि जेलमा छन् । यसरी जेल जीवन बिताउँदै आएका सबै नेताहरूलाई निर्वाचनपछि न्यायको अनुभूति गराइने र प्रजातन्त्र पुनःस्थापना गरिने उक्त विपक्षी गठबन्धनले जनाएको छ । क्षेत्रफलको हिसाबले दक्षिण एशियाको सबैभन्दा सानो देश माल्दिभ्समा केही वर्षदेखि राजनीतिक अस्थिरता बढेको छ । माल्दिभ्समा पाँच वर्षयता बारम्बार संकटकाल घोषणा गर्ने गरिएको छ ।

शान्तिपूर्ण र राजनीतिक स्थिरता रहेको यो राष्ट्र केही वर्षयता बारम्बार राजनीतिक विवादमा तानिने गरेको छ । केही महिनामात्र अघि यहाँ राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच ठूलो विवाद उत्पन्न भएको थियो । गत फेब्रुअरी १ मा माल्दिभ्सको सर्वोच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दियो । त्यसपछि यहाँ समस्या शुरु भएको थियो । उक्त फैसला कार्यान्वयन गर्दा पूर्वराष्ट्रपति मोहम्मद नशीद लगायत कैयौँ नेतालाई रिहा गर्नुपर्ने हुन्थ्यो ।

त्यसैले राष्ट्रपति अब्दुल्लाह यामिनले अदालतको आदेश कार्यान्वयन गरेनन् । अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीहरूलाई रिहा गर्नुपर्ने भएपछि उनले अर्को बाटो रोजे र अदालतको ओदेश मान्नुको साटो प्रधानन्यायाधीशलाई नै पक्राउ गर्न आदेश दिए ।

उनमा आफूमाथि संसद्मा महाभियोग लाग्नसक्ने त्रास जीवितै थियो । उनले सर्वोच्च अदालतको आदेश नमानेपछि उनलाई महाभियोग लगाएर निकाल्न अदालतले आदेश गर्नसक्ने सम्भावना बढेको थियो । त्यसैले उनले प्रधानन्यायाधीशलाई नै पक्राउ गर्ने आदेश दिए र सर्वोच्च अदालतलाई प्रहरीको घेरामा राखे । सन् २००८ मा पहिलोपटक प्रजातान्त्रिक रूपमा माल्दिभ्सको राष्ट्रपति निर्वाचित नशीदलाई कार्यकाल पूरा नहुँदै ‘कू’ गरेर निकालियो । त्यस समयमा पूर्वराष्ट्रपति मौमुन अब्दुल गैयुम हाबी भएका थिए । 

पछि उनलाई पनि वर्तमान राष्ट्रपति यामिनले तारो बनाए । हाल उनी पनि जेलमै छन् । उनलाई पनि वर्तमान राष्ट्रपतिविरुद्ध लागेको आरोपमा जेल सजाय दिइएको हो । पूर्वराष्ट्रपति नशीदले देशको प्रतिपक्षी समूहका नेतालाई श्रीलंकामा भेट गरी राष्ट्रपति अब्दुल्ला यामिनलाई पदच्युत गर्ने योजना बनाएको भन्दै उनलाई आतंककारी क्रियाकलापमा संलग्न भएको आरोप लगाइएको हो । विपक्षीहरूले निर्माण गरेको गठबन्धनले यहाँ प्रजातन्त्रको पुनःस्थापना गर्ने अपेक्षा पनि गरेका