Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

माफ गर, नेपाली नेताको मृत्यु मा सम्म दु:खी भईन। -Sunil Khadka

माफ गर, नेपाली नेताको मृत्यु मा सम्म दु:खी भईन।
यसो भन्दा मलाई नराम्रो देख्नेहरु प्रति अग्रिम क्षमा चाहान्छु।
मेरो पुष्ता यति पिडीत छ की – लाखौ बिदेस मा कोई देह ब्यापार कोई मेशिनमा हात खुट्टा कटाईकन देशको अर्थतन्त्र धानिरहेको छ।
-हरेक दिन बक्सामा काठ्माण्डौ अवतरण हुने लास मेरै पुष्ताको हो।
-कैयौ भोकै दुतावास को आगन मा मात्रीभुमी फर्किने याचनामा भोकै देश संग दयाको भिष मागिरहेको छ त्यो मेरै पुष्ता हो। 
-गाउ धरमा बल्ल बल्ल पुगेको बिकाश “पुरानो ध्वस्त बनाई नयॉ निर्माण हुन्न भन्दै” तहसनहस बन्यो मेरै पुस्ताको हत्या गरिकन तिमीहरु शत्तामा पुग्यौ।
-करोडौ नेपाली को भबिस्य अन्धकार छ आज त्यो मात्र यि नेताको कारणले हो अरु कुनै कारण छैन। 

म गोहीको आँसु झारेर यहॉ नौटंकी रच्न जान्दिन। मलाई मेरो देशका नेता भन्दा खाडीमा बाकसमा बन्द भएका मेरो पुष्ता का लाशहरु जो जिन्दकीका सपना हरुलाई पुर्नविराम लगाई काठ्माण्डौ फर्किने लाईन मा लागेका ति लासहरु प्रति गहिरो समबेदना छ। सके मेरो मात्रीभुमी संम्रिद्द गर्न लड्ने छु मलाई जे दोस दिन छ देउ म तिनीहरुलाई समबेदना दिन्न।