Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताबीच आरोप प्रत्यारो चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई सिंगापुरबाट टेलिफोन गरेका छन् ।

 

संसदको बर्खे अधिवेशनको अन्तिम दिन वरिष्ठ नेता नेपालले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै कडा मन्तव्य दिएपछि नेकपामा खटपट देखिएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली न्यूयोर्कस्थित राष्ट्रसंघ महासभामा सहभागी भइरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्तिले तरङ्ग ल्याएको थियो ।

नेकपाका दुई गुटका नेताबीचको विवाद सतहमा पुगेपछि पत्नी सीताको उपचारका लागि सिंगापुर पुगेका प्रचण्डले नेपाललाई आइबार बिहान फोन गरेका हुन् । आइतवार बिहान भएको फोन वार्ताको पुष्टि गर्दै नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दुवै नेताबीच पार्टी एकताको प्रक्रियालाई टुंगोमा पु¥याउनेबारे छलफल भएको बताए ।

‘नेता नेपाललाई प्रचण्डले सिंगापुरबाट फोन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुबीच एकताकै सन्दर्भमा कुरा भएको हो’, रिजालले भने, ‘अहिले पार्टीमा देखिएका भनिएका समस्या सिंगापुरबाट आफू फर्केपछि बसेर मिलाउनुपर्छ भन्ने कुरा प्रचण्डले गर्नुभएको थियो ।’

नेता नेपालले सरकारले राम्ररी खुट्टो टेक्न नसक्दा ‘देश डुब्न लाग्यो’ भन्ने अभिव्यक्ति संसदमा दिएसँगै नेकपामा ओली समूह रुष्ट बनेको छ । नेपालको उक्त भनाइपछि प्रम ओलीले न्यूयोर्कबाटै आफू विदेश रहेका देश डुबेको भन्नु हाँस्यास्पद हुने भन्दै चाँडै फर्किने बताएका थिए ।

त्यहीबीचमा प्रम ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले नेता नेपालमाथि कटाक्ष गर्दै अरु पतन सुरु भएको बताएका थिए । ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ’, रिमालले यो ट्वीट गरेसँगै दुई गुटबीचको विवाद सतहमा आएको हो ।

त्यसपछि नेकपा अर्का नेता योगेश भट्टराईले रिमालमाथि प्रहार गर्दै सत्ता र शक्तिको चुचुरोमा बस्नेले अरुलाई पतन भएको देख्ने गरेको बताए । ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन । कठै दोषी चस्मा’, उनले भनेका थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिकाा निर्मला पन्तको बलात्कार प्रकरण तथा देशभर केही समय यता भइरहेका महिला हिंसाका घटनामा संलग्नलाई कारबाही गर्न असफल भएको भन्दै सरकारको आलोचना भइरहेका बेला नेकपा भित्र किचलो सुरु भएको हो ।

वरिष्ठ नेता नेपाल प्रदेश संयोजकहरु चयनका क्रममा ओलीले एकपक्षीय निर्णय गरेको भन्दै असन्तुष्ट भएका थिए । उनले प्रदेशको मूख्य मन्त्रीको जिम्मेवारी लिएकालाई पनि आफू विदेश भएको समयमा स्थायी समितिबाट एक पक्षीयरुपमा प्रदेश ईन्चार्ज बनाएको भन्दै असन्तुष्टि जनाएका थिए ।