Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

बेगनास तालमा फेरि लापरबाही

पोखरा : अनावश्यक यात्रुको भीड लाग्दा बेगनाशतालमा शनिबार जलकुम्भी झार फाल्ने मेसिन पल्टिएको छ । १० जना चढेको मेसिन पल्टिँदा सौभाग्यबस मानवीय क्षति भने भएन । २ साताअघिको शनिबार मात्रै क्षमताभन्दा बढी १० यात्रु चढेको डुंगा डुब्दा ६ जनाको ज्यान गएको थियो ।

 

पोखरा महानगपालिका वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापासहित स्थानीय क्लबका अध्यक्ष लगायत उक्त मेसिनमा चढेका थिए । मेसिन घोप्टिनेबित्तिकै पानीमा खसेका सबै १० जनाको सकुशल उद्धार हुन सक्दा क्षति टरेको थियो । उक्त मेसिनमा वडा सदस्य विष्णुबहादुर भुजेल, वडा ३१ का इन्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुंगा व्यवसायी समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यवसायिक समतिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी पनि जलकुम्भी फाल्ने मेसिनमा सवार थिए ।

२३ भदौको शनिबार १० जना चढेर डुबेको डुंगाका कुनै पनि यात्रुले लाइफ जाकेट लगाएका थिएनन् । यो शनिबार जलकुम्भी हटाउन प्रयोग भएको मेसिनका यात्रुले पनि लाइफ जाकेट लगाएका थिएनन् ।

दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुंगा व्यवसायिक समितिका अध्यक्ष सोमराज कँडेल सामान्य घाइते भएका थिए । उनीहरुको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भएको छ । यसअघि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी असार १ गते डोजरमा चढ्दा अन्जानबस भएको दुर्घटनामा ५ जना पत्रकार घाइते भएका थिए