Thursday 21st March 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

बिमस्टेक सम्मेलन : यात्रुबाहेक अरुलाई विमानस्थलमा प्रवेश निषेध

काठमाडौं : देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमस्टेक सम्मेलन अवधिभर याुत्रबाहेक अन्यलाई प्रवेश बन्द गरिने भएको छ । विमानस्थल कार्यालयले विमानस्थलको क्षमता, पाहुनाको सुरक्षा र सहज आवतजावतका लागि सम्मेलन अवधिभर यात्रुबाहेक अन्यलाई प्रवेश निषेश गर्न लागेको हो ।

यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगीलाई विमाननस्थलको गोल्डेन गेटबाट भित्र प्रवेश गर्न नदिने सूचना विमानस्थल कार्यालयले जारी गरेको छ  । तर, सेवाप्रदायक कम्पनी कर्मचारीमा भने यो नियम लागू नहुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘तत्कालको अवस्थामा बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै आगन्तुकलाई प्रवेश निषेध गरिएको हो’, क्षेत्रीले भने, ‘विमानस्थल सुरक्षा दृष्टिले सम्मेलनपछि पनि यात्रुबाहेक अन्य आगन्तुकलाई विमानस्थलको गेटबाट प्रवेश बन्द गराउने विषयमा छलफल भएको छ । ’

तर, कुनै यात्रु विरामी, अशक्त र सहयोगी नभई नहुने अवस्थामा भने एकजना सहयोगीलाई मात्रै गोल्डेन गेटभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । जसका लागि गोल्डेन गेट नजिकै सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीलाई अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशको कारण खुल्लाई सयोग गरिदिन विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

सहयोगीका रुपमा भित्र जानेले पनि १५ देखि २० मिनेटमै विमानस्थल बाहिर निस्किसक्नुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तैगरी यात्रु लिएर विमनस्थल प्रवेश गरेको सवारी पनि पार्किङतर्फ नगई सीधै बाहिर निस्कनु पर्नेछ । विमानस्थल प्रवेश पास भएका सवारी साधानबाहेक खाली ट्याक्सीलाई गोल्डेन गेटबाटै प्रवेश निषेध गरिएको क्षेत्रीले जानकारी दिए ।

यसैगरी यात्रुसँग पहिले नै सम्पर्क/पहिचान भई लिन आउने होटेलका वा निजी गाडीको हकमा जहाज अवतरण भएको ५ देखि १० मिनेट अगाडि मात्रै प्रवेश अनुमति लिइ तत्काल फिर्ता हुनैपर्ने कार्यालयल जनाएको छ ।