Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

बिना सहमति भारतले बनायो महाकालीमा चार वटा पुल

 महाकाली नदीमा भारतीय पक्षले नेपालको सहमतिबिना चार वटा काठे पुल बनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भारतले पत्र पठाएपनि नेपालले सहमति दिएको छैन ।

भारतीय पक्षले सहमतिबिना नजांग खोला, लखनपुर, दोपाखे, र बुदीको कौथलामा काठेपुल बनाएको हो । सो पुलहरुबाट भारतीय मजदुर आवात जावत गर्ने गरेका छन् ।

दुई देशको विवादित भुमी कालापानीसम्म सडक निर्माणका लागि भारतले काठे पुल बनाएको हो । भारतीय पक्षले पुल बनाउँदा पनि नेपाल सरकार मौन बसेको छ ।