Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

बाम एकता: ए ! कता ? केपी ओली युग को अन्त्य !?

२०७४ को प्रदेश र संघिय निर्वाचन मा बडो अचम्मको उभार आयो ‘वाम एकता’ यो उभार ले धेरै संम्भावना बोकेका नेताहरु को पत्तासाफ र कल्पना नगरेकाको भग्योदय त गर्यो तर जनता का आउने दिन स्थाई सरकार या अन्य ठुला आसलाग्दा कुराहरुमा भुलीएको हाम्रो देशलाई यस्को भित्री पाटो थाहा नहुन सक्छ।

पाटो १: २०५६ साल को निर्वाचन मा काड्ग्रेस को नेतृत्व गिरीजा प्रसाद कोईराला लाउडा काण्ड ले सकिएका थिय, त्यस बेला कांग्रेस लाई निर्वाचन जित्न सन्त नेता कृष्ण प्रसाद भट्टराई लाई भावी प्रधानमंत्री को रुपमा अगाढी सारीयो र कांग्रेस ले बहुमत ल्यायो तर ६ महिना नहुदै गिरीजाले कु’ गरे।
अहिले के पी ओली सर्वाधिक लोकप्रिय नेता ( तत्कालीन कृष्ण प्रशाद भन्दा बढी) लाई अगाढी सारेर देशी बिदेशी शक्तीले बहुमत ल्याउन मात्र यो बाम एकता को प्रपन्च रचियको हो।

पाटो २: २०४७ सालको संबिघान बन्दा र त्यो संक्रमण काल पछी जनताका बढी आसाहरु कांग्रेस ले पूर्ति गर्न नसक्दा र मदन भन्डारी को हत्या को सहानुभूति लो एमाले ले २०५१ मा जे जती सिट ल्यायो यो संम्बिधान को निर्माण र यसलाई लागु गराउन बडो कठीन छ र यस्लाई यो बामको जिम्मा दिएर मिलाई मिलाई फेल गराउन र त्यस पस्चात पुन अस्थिरताको जगमा धमिलो पानीमा माछा मार्नलाई।

यो पाटो को पछाडी का कारण:
के पी ओली युग समाप्त गर्न
पाटो नं १ मा भने जस्तै एमाले म के पी ओली को नेतृत्व ले वाम एकता नगर्दा पनी यो बहुमत आउने नै वाला थियो तर यसलाई एमाले भित्रकै ओली बिरुद्द का नेताले अर्को पगरी गुथेर ठुलो सपनामा ओली लाई सुताए( जसरी ६२/६३ को आन्दोलन को सुत्रधारीले गिरीजालाई सुताएका थिए) यो सपाना का कारण ओली ठुलो चक्रव्यूह मा फसीसकेका छन की अव बाम एकता नगर्दा रडाको मच्चाएर ओलीलाई सबै कलंक हालेर आफु उम्किने वाला छन ( जस्का अन्नदाता त्यै चाहान्छन) बाम एकता गर्दा तुरुन्तै ओलीलाई अल्पमत मा पारेर २०५६ का कृष्ण प्रशाद भट्टराई बनाउने वाला छन यसरी ओली युग को अन्त्य हुने देखिन्छ।

चिन र भारत को बम हो वाम एकता
पाटो नं २ सगै एसिया मा भै रहेको आर्थिक क्रान्ति लाई कही न कही ब्रेक लगाउनु छ युरो अमेरीका लाई , यो ब्रेक लगाउने सबै भन्दा गतिलो ठाउ नेपाल हो किनभने एसिया का आर्थिक क्रान्ति गर्ने २ मशिहा राष्ट्र चिन र भारत नै हुन र यी देशलाई कुनै पनी हालतमा मिल्न नदिनु नै युरो अमेरिका को मुख्य उदेस्य हो र त्यस्को लागी चिनको टिबेट मा तनाव दिईरहने र भारतको काश्मिर मा तनाव दिने तर देखिदाखेरी चिन को लागी भारत र भारतको लागी चिन, तर प्रयोग नेपाल र नेपाल त्यतीखेर सम्म प्रयोग हुन्छ जतीखेर सम्म राजनैतिक अस्थिरता रहन्छ। यो अस्थिरता भित्र खेलेर यी दुई देशको बिचमा लफडा गर्न पनी यो वाम एकता को अन्तरवस्तु घुसेको छ।

यो वाम एकता ले जनता मा अन्त्यमा चरम निरासा पैदा गर्ने छ जस्ले भविस्यमा हुने परिवर्तनलाई पनी कम बिस्वास पैदा गर्ने छ र दीर्घकालीन अस्थिरता मा राखेर नेपाल लाई प्रयोग गरी भारत र चिन को प्रगती मा खेल्नुपर्ने युरो अमेरिकन स्वार्थ मा हाम्रा नेता- राजनैतिक दलहरु फँसेका छदैछन। त्यसैले के पी ओली को युग पनी यो बाम एकता सगै ए! कता? हुने निस्चित प्राय देख्छु।

-Sunil Khadka

www.sunilkhadka.com