Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

बाबुरामले प्रचण्डको कार्य स्वागत योग्य भन्दै दिए बधाइ सगै यस्तो अनुरोध पनि हेर्नुस

थाइनेपाल न्युज, रमेश खड्का

पुर्ब प्रधानमन्त्री एवम नयाँशक्ती पार्टिका संयोजक डा बाबुराम भट्टराईले पछिल्ल्लो समय पुन: बहसमा आएको प्रत्यक्ष निर्वाचित कार्यकारी ब्यबस्थालाई ब्यबहारीक रुपमै लागु गरिनुपर्नेमा जोड दिएका छन ।

सामाजिक सन्जालमा यसबारे टिप्पणी गर्दै संयोजक भट्टराईले प्रत्यक्षनिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदवारे राष्ट्रिय विमर्श शुरू हुनुलाई सकारात्मक भनेका छन ।

प्रचण्ड प्रधानमन्त्री भएकै समयमा नयाँशक्तीले दशलाख हस्ताक्षर बुझाएको स्मरण गर्दै उनले बोलेर मात्रै नभई गरेर देखाउन आग्रह गरेका हुन ।

अहिले नेकपाको दुईतिहाई बहुमत भएको बेला सार्बजनिक खपत को लागी बोल्ने मात्र हैन गरेर देखाउन पर्‍यो , भट्टराईले भनेका छन ।

“प्रत्यक्षनिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्णसमानुपातिक संसदवारे राष्ट्रिय विमर्श शुरू हुनु राम्रो हो।प्रचण्डजी प्रम छँदा नयाँ शक्तिले दशलाख हस्ताक्षर बुझाएकै हो।उहाँको सत्तासीन पार्टीको दुइतिहाइ समर्थन भएको वेला वहाँले सार्वजनिक खपतनिम्ति बोल्ने हैन गरेर देखाउनुपर्यो!”

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अघि बढेका छौं : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्छ ।

उनले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अगाडि बढेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपति प्रणालीमा गएको भन्दै उनले कार्यकारी राष्ट्रपति रहने प्रणाली लागू गर्ने खुलासा गरेका हुन्।

‘तत्कालै यसलाई अघि सारेर विकासलाई भड्काउने काम गर्दैनौँ। तर, मुलुकको दिगो विकास र समृद्धिका लागि यो अति आवश्यक छ,’ उनले भने ‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा सहमत छन्।’ मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रपतिय प्रणाली आवश्यक रहेको उनले दाबी गरे।

अध्यक्ष दाहालले आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गरी राष्ट्रपतिय प्रणालीको पक्षमा सहमति जुटाउन दलहरुबीच छलफल र बहस चलाउने बताए । उनले भने, ‘हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै हो। नेतृत्व तहमा सर्वसम्मति भैसकेको छ , जनताका बीचमा पनि छलफल र बहस चलाउनु आवश्यक छ।’

अध्यक्ष दाहालले एमाले–माओवादी बीचको पार्टी एकताले अन्तर्राष्ट्रिय स्तरमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई ऊर्जा मिलेको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विश्वबाटै हराउन लागेको कम्युनिस्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उचाइमा पुर्‍याएको बताए।

उनले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सबलीकरणमा पनि कम्युनिष्टहरूको सक्रियता आवश्यक रहेको बताए ।