Tuesday 26th September 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

बसपार्क निमार्णका लागि करोडौको जग्गा दान

बुधवार ,२० बैशाख २०७३ ईलाम । पूर्वी ईलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले करोडौ रूपैयाँ पर्ने जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन तीन रोपनी ,श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । हाल फिक्कलमा एक रोपनी जग्गाको करीब ३० लाख रूपैयाँभन्दा बढी पर्छ । बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालू आवमै १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बताए।