Thursday 24th January 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

बलात्कारपछि बालिका हत्या : रोशनी र अनिता पक्राउ

कञ्चनपुर : १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त  गृहकार्य गर्न तथा नोटबुक लिनका लागि साइकल चढेर रोशनीको घर पुगेकी थिइन् ।  बलात्कारपछि उनको गत साउन १० गते हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले  अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको बताए । भोलि अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धन गरिने उनले जानकारी दिए । पन्तको हत्या भएको एक महिनासम्म पनि   प्रहरीले हत्याबारे ठोस अनुसन्धान गर्न सकिरहेको छैन ।

प्रहरीले पन्तको हत्या भएको  २५ औं दिनमा समातेर २६ औं दिनमा पत्रकार सम्मेलन गरी  मानसिक सन्तुलन गुमेका व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थानीय झन् आक्रोशित हुदैँ आन्दोलनमा उत्रेका हुन् । घटनाको छानबिनका लागि  सरकारले गठन गरेको समिति शुक्रबार महेन्द्रनगर पुगिसकेको छ।