Sunday 19th November 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र

आईतबार, २४ वैशाख, पोखरा । संघीय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा कास्कीका विभिन्न गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । यसै क्रममा पोले १७ बिरौटामा घरदैलोको साथमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।

निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै नयाँ शक्ति निकट पोखरा–लेखनाथ महानगर समिति प्रमुख जितबहादुर गुरुङले सबै जाति, वर्ग, समुदायलाई निर्वाचनमा होमिन आग्रह गरेका छन् । आफ्नो ठाँउको नेता आफैले चुन्न पाउने अवसरलाई नगुमाई दक्ष नेतालाई भोट हाल्न आग्रह गरेका छन् । त्यस्तै संयुक्त गठबन्धनबाट मसाल चिह्न सहित पोखरा लेखनाथका मेयर पदका उमेद्वार हुमबहादुर गुरुङले पोखराको समृद्धिका लागि आफू लागिपर्ने र सम्पूर्ण नगरवासिको हकहितका लागि मसाल चिह्नमा भोट हाल्न अपिल गरेका थिए ।
उद्घाटन कार्यक्रममा पोखरालेखनाथ महानगर उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियार, निर्वाचन परिचालन समिति कास्कीका दीपक तामाङ, हेमबहादुर थापा, सौगात पोखरेल, माछापुच्छ«े गाँउपालिकाका उत्प्रेरक तोयोनाथ लम्साल, स्याङ्जा उत्प्रेरक टीकाराम पौडेललगाएतले बोलेका थिए । कार्यक्रम पश्चात घरदैलोमा पुगि विकासका लागि मसाल चिह्नमा भोट हाल्न आग्रह गर्दै उमेद्वार परिचय गराइएको थियो । यसैगरि पोले ७, मा पनि निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रम गरिएको कास्की प्रचार विभागले बताएको छ । वडा ७ को उद्घाटन कार्यक्रममा मेयर पदका उमेद्वार हुमबहादुर गुरुङ र उपमेयर पदका उमेद्वार लक्ष्मी खाती परियारले नगर विकासका लागि कुनै सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा नयाँ शक्ति निकट तमु राष्ट्रिय परिषद्का केन्द्रीय संयोजक दुर्गा बहादुर तमु, संघीय समाजवादी क्षेत्र नं. ३का उपाध्यक्ष तुलबहादुर गुरुङ, नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा, प्रशिक्षण विभागका सौगात पोखरेल, निर्वाचन परिचालन कास्की सहसंयोजक खड्ग बहादुर गुरुङलगाएतले समृद्धिका लागि संयुक्त गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरि पोले ७ का वडा अध्यक्ष पदका उमेद्वार जुमा गुरुङले सबैका लागि निशुल्क शिक्षा, स्वास्थ्यका साथमा समान न्याय निशाफ र जनताको स्वसासित सरकार बनाउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेका थिए । संयुक्त गठबन्धनले वडामा ¥याली समेत गरेको थियो ।

चुनावी अभियान अन्तर्गत पोले–१ मा पनि संयुक्त गठबन्धनले घरदैलो अभियानलाई तीब्र बनाएको छ । पोले–१ का उत्प्रेरक भानु अधिकारी, विद्यार्थी नेता रेशम सापकोटा, संघीय समाजवादीका युवा नेता विष्णु गुरुङलगाएतको अग्रजहरु सहभागि रहेका थिए । वडा अध्यक्ष पदका उमेद्वार सहित भएको घरदैलो कार्यक्रम बागबजार, अधिकारी टोल, शंकर टोल हुँदै पिएन क्याम्पस चोकमा कोण सभा भएको थियो । कोण सभामा बोल्दै उत्प्रेरक भानु अधिकारीले भ्रस्टाचारिको अन्त्यका लागि मसाल चिह्नमा भोट हाल्न आग्रह गरेका थिए ।