Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि नियुक्त, सोमबार शपथग्रहण

हेटौंडा — प्रदेश नं ३ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (१) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले नियुक्त गरेकी हुन् ।

पौडेललाई ८१ सांसदको समर्थन जुटेको छ । दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि पौडेललाई नै समर्थन गरेको थियो ।
१ सय १० सांसद रहेको प्रदेश ३ मा एमालेका ५८, माओवादी केन्द्रका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँशक्ति पार्टी नेपालका १/१ सांसद छन् । मुख्यमन्त्री नियुक्त भएका पौडेललाई सोमबार बिहान साढे ९ बजे एक समारोहबीच शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २८, २०७४