Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो

अाज हुने भनिएको पार्टि एकतामा लफडा भएको छ

ब्यानरमा लेनिनको फोटो नराखिएको काठमाडौँको राष्ट्रिय सभागृहमा लफडा स्थगित कार्यक्रम शुरु भएको छ । ब्यानरमा लेनिनको फोटो नराखिएको विषयमा दुई पार्टीका कार्यकर्ताबीच लफडा भएको थियो https://www.facebook.com/gokulbhujel.bhujel/videos/1076166405883003/?t=3।

संयुक्त रूपमा आयोजित कार्यक्रममा एमालेको मनोमानी भएको भन्दै माओवादी पक्षले ब्यानर नै हटाउन खोजेपछि एमाले पक्षले त्यसमा अवरोध सिर्जना गरेको थियो । एमालेका दिवंगत शीर्ष नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर रहेको ब्यानर प्रयोग गरिएपछि माओवादी कार्यकर्ता र समर्थकहरुले हुटिङ सुरु गरेका थिए । कार्यक्रमस्थल पुगेका माओवादी कार्यकर्ता र समर्थकहरु आक्रोसित बने।

 

नेकपा एमाले र नेकपा माओवादीको केन्द्रको दुई ब्यानर राखेर मेचमा लेनिनको फोटो राखेर कार्यक्रम सुरु भएको छ । लेनिन जयन्ति १२ बजे हुने मनाउने कार्यक्रमको ब्यानरमा लेनिनकै फोटो नराखेपछि कार्यक्रम करिब ४ घण्टा स्थगित गरीयपछि केही समय पछि  सुचारु भएको थियो  ।