Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना

बैशाख – १
नेपालीहरुले नयाँ बर्ष २०७ साललाई  धुमधाम र ताम्झामका साथमा यतिबेला  मनाउँदैछन् । शुभकामना आदनप्रदानसँगै आफन्तसँग भेटघाट,मिठो परिकारको स्वाद, नाचगान, बनभोज, साथै नयाँ ठाँउको भ्रमण गरि आ-आफ्नै ढंगले मनाउने नयाँ बर्ष हरेक बर्षको बैशाख  गते नेपाली समुदायले मनाउने गर्छन् ।
नेपाली नयाँ साल फेरिएसँगै थाईल्याण्डमा पनि नयाँ साल फेरिएको छ थाई समुदायले पनि भब्य रुपमा नयाँ बर्षलाई भित्त्रउँदै छन् । एकले अर्को लाई पानीमा भिजाउनु, पानीमा भिज्नु, रंग लगाइदिनु शुभकामना आदनप्रदान गर्नु था नयाँ  बर्षको विशेषता हो । जसलाई संग्क्रान पर्व भनिन्छ । यो पर्व लगातार ३ दिन सम्म मनाईने गरिन्छ । मिठो परिकारको साथमा, नाचगान गरि, रिस, राग, ईर्ष्या, डाहा, दुख भुली नयाँ भबिस्यको गोरेटोमा यात्रा गर्न शुभ दिनको सुरुवातसँगै नयाँ बर्ष मनाइन्छ ।
 
नेपालीहरुको माहान पर्व अन्तर्गत  नयाँ बर्ष पनि एक हो । गएको सालमा आफुले गरेको कामको समिक्षा गर्ने  र गर्नु पर्ने कामको सुरक्षित गोरेटो निर्माण गर्ने दिनको रूपमा लाईन्छ । त्यस्तै देशमा भएको समस्यहरुको हल खोज्न नेता र कर्याकर्ता देखि जनता सम्म, देश देखि परदेश सम्म, बालक देखि वृद्ध सम्म लागि पर्नुपर्ने नेपालीहरुको भबिस्य खाडिमा होइन स्वदेशमा सुनिश्चित गर्न नयाँ बाटो देखाउन सक्नु पर्ने उदेश्य समेत हरेक नेपालीले राखेको हुन्छ । दुबै मित्ररास्ट्र नेपाल र थाईल्याण्डकोसँगै नयाँ साल फेरिदा थाईल्याण्डमा बसोबास गर्ने थाईल्याण्डलाई आफ्नो कर्मभुमी बनाइरहेका नेपालीहरुलाइ यो पर्व उत्साह जनक र खास भएको छ ।
यसै सन्दर्भ मा थानेपालन्युजसँगको कुराकानिमा थाईल्याण्डमा बसोबास गर्दै आउनु भएका नेपालका युवा नेता तथा युवा ब्यावसाही सुनिल खड्का ज्युले ब्यक्तिगत र रूपमा नेपाली नयाँ बर्ष र था नयाँ बर्षको शुभकामना दिनु भएको छ । देश बिकाससँगै युवाहरूलाई रोजगारीको विभिन्न अबसर प्रदान गर्दै आउनु भएका युवा नेता खड्का भोलिका दिनमा आफुले आफ्नो मातृभूमिलाई  केही गर्न सकेमा मात्रै आफूले गर्व गर्ने ठाँउ पाउने र जुन अवस्थामा जहाँ रहे पनि आफ्नो तवरबाट नेपालीको हितमा लागिपर्ने कुरामा जोड दिनुभयो । राजनीतिमा होस् या सामाजिक कार्यमा आफू सकृय रहने देशको चिन् बाट युवाहरूलाई मुक्ति दिलाउने हर प्रयास गरेरहेको बताउनुभयो।
खड्काले आफु राष्ट र राष्ट्रीयताप्रति निस्वार्थ भावनाले लागी परेको र राष्ट्रको चिन्ता आफ्नो  चिन्ता भएको र भोलिको दिनमा हरेक नेपालीको चिन्ता पन्छाएर नयाँ विकसित समृद्ध नेपाल बनाउन युवाहरू एक हुनुपर्ने पनि बताउनु भयो 
बिकासले तीब्र गतिपाएसँगै जनमानसमा खुशी र उमंगले रंग भरुन सुनौलो नेपाल र शान्त नेपाल विभिन्न अबसरको भणडार नेपाल इतिहासमा रचेको हेर्न पाँउ भन्दै नेपाली र था नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरुसँगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् ,जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै ,रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् । अर्कोतर्फ गत वर्षमा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै नयाँ  बाटोको यात्रामा  स्वागत छ नयाँ बर्ष २०७६।
-डोमा तामाङ
-बैंकक