Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

नेपाल र अफगानिस्तान दुबै दबाबमा

काठमाडौँ — नेपालले विश्वकप छनोट क्रिकेटमा अहिले अफगानिस्तानको सामना गर्दैछ । दुबै टोलीलाई सुपर लिगमा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

 

 

नेपाल पहिलो दुई खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले र स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानको हालत नेपालभन्दा झन दयनीय छ । अफगानिस्तान पहिलो तीन खेलमा स्कटल्यान्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ ।
अफगानिस्तान सन् २००४ मा मलेसियामा भएको एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आएको थियो । त्यसको प्लेट फाइनलमा नेपालले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानसँग ५० ओभरको खेलमा लगातार ६ पराजय भोगेको छ । २०१४ को विश्व ट्वान्टी–२० मा भने नेपालले बंगलादेशमा अफगानिस्तानमाथी ९ रनको अविस्मरणीय विजय हात पारेको थियो ।
 
नियमीत कप्तान असघर स्टानिकजाई र अर्का प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजाद गुमाएपछि अफगानिस्तान गहिरो संकटमा छ । स्टानिकजाई अस्वस्थ भई प्रतियोगिताबाट बाहिरिए भने शाहजादलाई आचर संहिता उल्लङघन गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले दुई खेलको प्रतिबन्ध लगाउदा उनले नेपालसँगको खेल पनि गुमाउन लागेका हुन् ।