Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।

देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुले नेपालीहरुको माहान चार्ड अर्थात नयाँ बर्ष हर्सो उल्लासका साथमा बित्त्राउदै छन् । नेपाली बर्ष बि. सं २०७५ लाई पुरानो बर्षको रुपमा बिदाइ र बि.सं २०७६ लाई नयाँ बर्षको रुपमा भब्य स्वागत गरिदै छ ।

हरेक बर्षको बैशाख १ गते लाई नेपालीहरुले नयाँ बर्षको रुपमा बित्त्राउने गर्छन् भने बर्षमा हुने ३६५दिन १२ महिनाको अन्तिम दिनलाई पुरानो बर्षको रुपमा बिदाइ गरि आउने दिनलाई नयाँ बर्षको रुपमा मनाउने गरिन्छ । बितेका दिनमा आफुले गरेको कामसँगै कमिकमजोरिलाई आउने बर्षमा सुधार्ने उदेश्य समेत राखेर नयाँ सोच, नयाँ बिचारले स्वागत गर्ने नेपाली परम्परा रहेको छ

सामान्यतय आफन्तसँग भेटघाट, समय अभावमा भेटघाट नभएको साथीभाइसँग भेटघाट, नयाँ ठाँउको भ्रमण, सँगै बनभोज तथा मिठो परिकारको साथमा बिगतका दुखपिडा भुली सुनौलो भबिस्यको थालनीसँगै आपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ । नेपालमा होस् या बिदेशमा नेपाली जहाँजहाँ छरिएर रहेका छन् सोही ठाउँमा नेपालीले आफ्नो मातृभुमीको सम्मान गर्दै, आफ्नो दुख भुली नयाँ बर्षलाई भित्र्याउने गर्दछन्

सोहि नयाँ बर्षको अवसर पारी थाईल्याण्डको International Hotel and Airline Business School (I-HABS) मा अध्यानरत विद्यार्थीहरुले आपसमा शुभकामना आदानप्रदान कार्यक्रम राखी माया प्रेम, सत्भाब र मित्रतासँगै देश नेपाल प्रतिको माया साटसाट गरेका छन्

 

I-HABS कलेज का नेपाली संस्थापक तथा  प्रबन्ध निर्देशक सुनिल खड्का को प्रमुख अतिथि र कलेजका निर्देशक सुजन बस्नेतको विशेष अतिथिसँगै कलेजका प्राध्यापक डा. सिरिउथको सभापतित्वमा  कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सुनिल खड्का ज्युले पनि देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण  नेपालीहरुमा शुभकामना साथै आफ्नो ठाँउबाट आफ्नो बिबेकले भ्यायसम्म नेपाल  र नेपालीको हितको लागि काम गर्ने र आजबाट नयाँ बर्षसँगै केही नयाँ सोच लिएर अगाडी बड्न समेत सम्पुर्णमा आग्रह गर्नुभएको छ

 

त्यसै गरि विशेष अतिथीको रुपमा बोल्नु हुँदै सुजन बस्नेत ज्युले पनि नयाँ सालको उपलक्ष्यमा सम्पुर्णलाई शुभकामना दिनुका साथै भोलिको दिनमा नयाँ बर्ष २०७६ ले नयाँ कुराको अविस्कार, दक्ष जनशक्तिको उत्पादन, राजनीतिमा नयाँ मोडसँगै सम्वृद नेपाल बनाउन सकुन् भन्ने कुरामा जोड दिनुभएको छ ।

 

कार्यक्रमको अन्तिम चरणमा बोल्नु हुँदै कलेजका प्राध्यापक डा. सिरिउथले आफू नेपाली नभए पनि हामी मानव जाती हो  एकको खुसीमा होस् या दुखमा सबै सामेल हुनुपर्ने र नेपालीहरु मेरोलागि यसै प्रिय छन् । मैले देखाएको बाटोमा नेपालका कर्णधारहरु ले यात्रा गर्दैछन् नेपाली नयाँ बर्षसँगै मेरा विद्यार्थीहरुमा जोस, जाँगर नयाँ सोचको बिकास होस् बिद्यार्थी लगायत सम्पुर्ण नेपालीहरुमा नेपाली नयाँ  बर्षको शुभकामना आफ्नै दङ्गबाट राख्नु भएको थियो  

 

नेपाली नयाँ बर्षको पावन अबसरमा सम्पुर्ण नेपालीहरुमा प्रगति र उन्नतिको कामना गर्दै देशमा बिकाससँगै रोजगारीको अबसरहरु सृजना गर्न सकुन् भन्दै संयुक्त रुपमा  I-HABS का विद्यार्थीहरुले शुभकामना दिएका छन् ।

वसन्तऋतुको याममा पर्ने नयाँ बर्ष, डाँडा पाखाभरी छपक्कै फुलेको रातम्य लालिगुरास, चर्किलो घाममा चलेको शितल मन्द हावा, विभिन्न जातका फुलहरुमा माहुरीको गुन्जयमान, कोइलीको कुहुकुहु, साँच्चै नै नयाँ बर्षको महसुस गराउँछ मनभित्र कठ्ङ्गृएर रहेका ग्रिष्मऋतुका ती चाट्टानहरु कताकता बिलिन भइदिन्छन् । बसन्तसँगै नयाँ बोटबिरुवाले पनि पालुवा फेर्छन् त्यस्तै नेपाली ले पनि नयाँ सोचाइसँगै जोस, जाँगर लिएर अगाडी बढ्ने प्रयत्न गर्छन् । 

गरेको प्रयत्नले गन्तव्यसम्म पुग्न सकुन्, वीर गोर्खालीको देश  नेपालले पनि बिकासमा होस् या राजनीतिमा, बिज्ञानको क्षेत्रदेखि अन्धबिश्वाशसम्म नयाँ फड्को मार्न सकुन् । नयाँ बर्ष हाँसो र खुसी साट्ने माध्यममा मात्रै सिमित नहोस्, सुनौलो अक्षरमा इतिहासको पानामा २०६७ साललाई लेख्न पाउँ । नयाँ बर्ष २०७६ सालको समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीमा सुख शान्तिसाथै समृद्धिको  मंगलमय शुभकामना ।

 

डोमा तामाङ

– बैंकक