Thursday 24th January 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

निर्वाचन अायाेगद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय

काठमाडौँ । निर्वाचन अायाेगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताकाे निर्णय गरेकाे छ । पूर्व नेकपा एमाले र माओवादी केन्द्रकाे एकतापछि बनेकाे नेपाल कम्युनिस्ट पार्टीलार्इ बुधबार बसेकाे अायाेगकाे बैठकले दर्ता गर्ने निर्णय गरेकाे हाे ।

कानुनी अडचनका कारण एकता भएकाे तीन सातासम्म पनि दलले अाधिकारिक मान्यता पाएकाे थिएन । अायाेगकाे निर्णयसँगै अब विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कायम रहने भएकाे छ ।

यसअघि नवगठित नेपाल कम्युनिस्ट पार्टीले अाफ्नाे नामको तल धर्को (अन्डरलाइन) कोरेर दर्ताका लागि यही जेठ ३ गते निवेदन दिएको थियाे । तर त्याे नाम नेकपा ऋषि कट्टेलको पार्टीकाे पहिल्यै दर्ता भइसकेकाले आयोगले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।