Tuesday 26th September 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने

मंगलबार, १९ वैशाख २०७४, काठमाडौँ । देश अहिले स्थानीय चुनावी माहोलले तातेको छ । विभिन्न राजनैतिक पाटीहरूले आ —आफ्ना चुनावी रणनीतिका साथै उमेद्वारहरूको नाम पनि घोषण गरिरहेका छन् ।मे १ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो । देश अहिले चुनावी माहोलमा तातिरहेको छ । नेपालका मुख्य शहरहरुमा रहेका अधिकांस मजदूरहरुको चुनावमा सहभागी हुने अवस्था भने छैन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका क्षेत्रका मानिसहरू काठमाण्डौ, भैरहवा, विरगञ्ज र विराटनगर जस्ता ठूला शहरहरूमा मजदूरी गरेर वसिरहेका छन् । करीब १८ वर्षपछि हुन लागेको स्थानीय चुनावमा भोट हालि आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारबाट अधिकांस मजदूर वञ्चित हुने अवस्था छ । करीब नौ हजार सातसय तलब थाप्ने मजदूरहरूलाई आफ्नो घरखर्च चलाउन धौ धौ परिरहेका बेलामा पैसा खर्च गरेर भोट हाल्न जाने अवस्था छैन । काठमाण्डौबाट ताप्लेजुङ भोट हाल्न जाँदा करीब तीस हजार खर्च हुन्छ । जम्मा नौहजार सातसय तलब थाप्ने मजदूरहले यती धेरै खर्च गरि भोटहाल्न जाने अवस्थाको कल्पना गर्न पनि सकिदैन । चुनावमाा सहभागी हुन नसक्नुको मुख्य कारण आर्थिक समस्या रहेका छ ।

मजदूरहरू जुन ठाउँमा काम गर्छन त्यही ठाउँबाट भोट हाल्ने व्यवस्था गरिनु पर्नै माग भने नउठेको होइन । यस मागलाई मुख्य रूपमा नेपाल समाजबादी ट्रेड युनियन महासंघले उठाउँदै आइरहेको छ । मजदूर एउटा वर्ग भएका कारण राज्को नीति निर्माणका तहमा पनि यसको पौंच पुर्‍याउन आवश्य छ । युनियनले १० प्रतिशत मजदूरका हक अधिकार संविधानमा उल्ले हुनु पर्नै, मजनदूर आयोग गठन गरिनु पर्ने लगायतकका माग राख्दै आएको छ । नेपालको अन्तरिम संविधानमा मजदूरहरुका हक अधिकार उल्लेख गरिए पनि संविधानमा भने मजदूरहरुका हक र अधिकारका विषय भने समावेश गरएन संविधानमा जबसम्म मजदूरका हक अधिकारका विषय समेटिदैन तबसम्म हाम्रो युनियन लडिरहने छ ।

‘स्थानीय निर्वाचनमा सम्पूर्ण मजदूरहरू सहभागी हुन नसके पनि आफ्नौ पउँच पुग्ने स्थानमा रहेका मजदूरहरु चुनावको प्रचारप्रसारमा लाग्न र मतदानमा सहभागी हुन सर्कुलर जाहेर गरिसकेका छौ । साथै स्थानीय तहमा छलफल गरि उमेद्वारी दिन पनि आह्वान गरिएको छ । आफू चुनावमा सहभागी हुन नसके पनि विकाश र समृद्धिको नारा बोकेको नयाँ शक्ति पाटीले मात्र मजदूरहरुको माग पूरा गर्न सक्ने भएकाले आफ्ना परिवार र आफ्न्तहरुलाई नयाँ शक्तिमा नै भोट हाल्न आग्रह गरिरहेका छन् ।

हाल मजदूरहरुले भोगिरहेका विभिन्न समस्या समाधानका बारेमा नेपाल समाजबादी ट्रेड युनियन महासंघले विभिन्न मागहरु अगाडि सारेको छ । युनियनले हाल नौहजार सातसय रूपैयाँ रहेको मजदूरहरुको न्यूनतम परिश्रमिक बढाएर सरकारी कर्मचारीको पियनसरहको तलब बराबर बनाउनु पर्ने, महिलाहरुलाई सुत्केरी विदा ९० दिनको दिनु पर्ने, एउटै संस्था वा उद्योगमा काम गर्ने श्रीमान श्रीमती छन भने श्रीमानलाई पनि विदा दिनु पर्ने, महिला र पुरुषबीचमा रहेको ज्यालाको विभेदको अन्त्य हुनु पर्ने, मजदूरहरुको जीवन रक्षाका विषयहरु संविधानमा व्यवस्था हुनु पर्ने माग सहित युनियन अगाडि बढिरहेको छ । साथै अन्य युनियनहरुले लागू गरिरहेको सिण्डीकेट प्रणलीको अन्त्य नहुनजेलसम्म यस युनियन शशक्त ढंगले लडिरहने छ ।

पुराना युनियनमा रहँदा मजदूरलाई अधिकार दिने भनि आश्वासन मात्रै दिने गरिन्थ्यो । केवल भोट बैंकका रूपमा माात्रै प्रयोग गरिनुका साथै बन्द हडताल र चक्काजाममा मात्रै प्रयोग गरिने गरिन्थ्यो । बन्द हड्तालमा सहभागी नभए मालिकसँग मिलेर जागीरबाट निश्कासन गर्ने, लेबीका नाममा मजदूरहरुमाथि आार्थिक भार पर्ने जस्ता क्रियाकलाप गरिन्थ्यो । जसले मजदूरको हकहित विपरित मजदूरलाई दुख दिने काम मात्र गरिरह्यो । अन्तरिम संविधानमा रहेका मजदूरका हक अधिकार संविधानमा समावेश नहुनुले पनि मजदूलाई केवल प्रयोग मात्र गरिएको स्प्रष्ट हुन्छ ।

नेपाल समाजबादी ट्रेडयुनियन नेपालको स्थापना भएपछि मजदूरहरुलाई खुल्ला रूपमा काम गर्ने वातावरण मिलेको छ । बन्द र हडतालमा मजदूरलाई जबरजस्ती प्रयोग गर्ने कार्यको अन्त्य भएको छ । मालिक र श्रमिकबीच हुने मतभेद आपसि छलफलबाट समाधान गरि सहज वातावरण कायम गरि युनियन अगाडि बढिरहेको छ । यो नै अन्य युनियनहरु भन्दा फरक कुरा हो । मजमदूरका समस्या समाधान गर्न तालाबन्दी, बन्द हडताल जस्ता कार्यबाट मात्र सम्भव छ भन्ने भावनाबाट माथि उठेर यस युनियनले आपसि छलफलबाट समस्या समाधान गरिरहेको छ । जागिरबाट निष्कासित भएका मजदूरहरुलाई वार्ताकै माध्यमबाट सर सम्मान निलम्बन फुकुवा गरि पुनबाहलि गरिएको उदाहरण पनि हामिसँग रहेको छ । यसरी बल प्रयोग नगरिकन आपसि छलफलबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै यस युनियन अगाडि बढिरहेको छ ।

नयाँ शक्ति नेपालले अगाडि सारेको ५ सबाट सम्पूर्ण मजदूरहरु प्रभावित भएका छन् । मजदूरको समस्या समाधान गर्ने, अधिकारको रक्षा गर्ने र राज्यका माथिल्ला तहहरुमा मजदूरको आवाज उठाउने पाटीका रूपमा नयाँ शक्ति रहेकाले सम्पूर्ण मजदूर बर्गाले साथ दिने छन् । राष्ट्रिय पूँजीपति वर्ग र श्रमिकबीच सहकाय गर्दै श्रमिकको भविष्य उज्वल पार्ने विषयमा नयाँ शक्ति पाटीका संयोजक सँग पनि छलफल भएको छ । पाटीले पनि श्रमिकहरुको हक अधिकारलाई शु निश्चित गर्ने भएकाले नयाँ शक्ति पाटीलाई नै भोट दिई जीताउनु पर्ने नेम्वाङ बताउनु हुन्छ ।

विकाश र समृद्धिको खाकासहित आएको नयाँशक्ति पाटीले मात्र मजदूरको हक हितकाबारेमा काम गर्ने स्थानीय गाउँपालिका, नगरपालिका र केन्द्रमा मजदूरहरुको १० प्रतिशत भूमिका व्यवस्था गर्ने काम नयाँ शक्तिले मात्र गर्न सक्ने छ । मजदूर र उनका बालबच्चा र उनीहरुका भविष्यसँग जोडिएको विषयलाई नयाँ शक्तिले उठाएको छ । मजदूरका हक अधिकारका विषय सुरक्षित गर्ने पाटी नयाँशक्ति मात्रै भएकाले सम्पूर्ण जनताले भोट दिई जीताउने छन् भन्ने आशा छ ।
( लालध्वज नेम्वाङ नयाँशक्ति नेपालका कार्यकारी सदस्य हुनुहुन्छ । उहासँगको कुराकानिमा आधारित )