Sunday 25th February 2018

    वैचारिक संकटबाट मुक्त हुन बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्छ : संयोजक भट्टराई    मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ हुने    नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन : थापा    विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु    माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

निर्वाचनमा आयोगको अनुमति लिएर मात्रै सवारी चलाउन पाइने

विहीबार, २१ वैशाख, काठमाडौं । बैशाख ३१ गतेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारी साधान प्रयोग गर्न सकिने निर्णय गरेको छ ।
आयोगले सवारी साधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि समेत स्वीकृत गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेद्वार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कुटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनाले प्रयोग गर्ने सवारी साधानको लागि विशेष पास उपलब्ध गराउने सम्बन्धी कार्यविधि आयोगले स्वीकृत गरेको हो ।

आयोगका अनुसार, संयुक्त राष्ट्रसंघका नियोग, राष्ट्रिय सञ्चारमाध्यम, कुटनीतिक नियोगका नियमित कार्यालयको प्रयोजन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कार्यालय, पर्यटक तथा उड्डयन सम्बन्धी कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्याललाई पनि त्यस दिनको लागि सवारी साधान सञ्चालनको लागि विशेष पास उपलब्ध गराइने छ ।

मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्ययोजनामा हलुका सवारी साधन वा मोटर साइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय पनि आयोगले गरेको छ ।
उम्मेद्वारले भने सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधान प्रयोग गर्न पाउने आयोगले जानकारी गराएको छ ।