Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

निम्न ३४ जिल्लामा पहिलो चरणको उमेद्वारी दर्ता हुँदै

मंगलबार, १९ वैशाख, २०७४, काठमाडौं । स्थानीयतहको निर्वाचनका लागि ३४ जिल्लमा आज पहिलो चरणको उमेद्वारी दर्ता भइरहेको छ । पहिलो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाहरुमा उमेद्वारी दर्ता भइरहेको छ ।

प्रदेश नम्बर ३ का सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर गरि १३ वटा जिल्लामा दर्ता प्रकृया भइरहेको छ ।

त्यसैगरी प्रदेश नम्बर ४ का गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरि ११ वटा जिल्लामा ।

प्रदेश नम्बर ६ का हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरि ११ वटा जिल्लाहरुमा उमेद्वारी दर्ता भइरहेको छ ।