Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

छेस्काम मा.वि.मा अक्षय कोष स्थापना हुँदै – पूर्व विद्यार्थीको उत्साहप्रद सहभागिता

छेस्काम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी स्थापना गर्न लागेको अक्षयकोषमा पूर्व विद्यार्थीहरुको उत्साहप्रद सहभागिता देखिएको छ । छेस्काम पूर्व विद्यार्थी तथा युवा सरोकार मञ्चको संयोजनमा संकलन भई रहेको अक्षयकोषमा हालसम्म ८ लाख २१ हजार ६०५ रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छेस्काम मा.वि. पूर्व विद्यार्थी मञ्चका महासचिव रामकुमार कुलुङले जानकारी दिए ।

प्रतिबद्धता अनुसारको रकम प्राप्त हुने क्रम पनि जारी रहेको उनले बताए । “५ लाख रकमको अक्षयकोष स्थापना गर्ने लक्ष्य हो, यसमा साथीहरुको उत्साहप्रद सहभागिता देखिएको छ, यो महिनासम्म करिब १२ लाख पुग्ने अनुमान छ” कुलुङले भने ।

छात्रवृत्ति कोष स्थापना गरी गुणात्मक शिक्षाका लागि क्रमिक रुपले उत्तीर्ण हुँदै आएका र विभिन्न कारणले एस.इ.इ. पछिको पढाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति वितरण गर्ने छेस्काम मा.वि. पूर्व विद्यार्थी तथा युवा सरोकार मञ्चको सोंच रहेको छ ।

जसका लागि पाँच सदस्यीय अक्षयकोष व्यवस्थापन समिति गठन गरी ३ सदस्यीय स्वतन्त्र मुल्यांकन समिति गठन गरिनेछ । कक्षा १० र ११ को परीक्षामा ३ जि.पि.ए. भन्दा बढी नतिजा प्राप्त गर्ने २ जना वा सो भन्दा बढी भएमा दुई जनाले पाउने रकम दामासाहीले वितरण गर्ने योजना व्यवस्थापन समितिको रहेको छ ।

यसै गरी विद्यालयका जेहेन्दार र आर्थिक रुपले पछाडी परेका २ जनालाई बार्षिक शिक्षण शुल्कको आधारमा छात्रवृत्ति प्रदान गरिनेछ । यसबाहेक अक्षयकोषवाट हुने आम्दानीको आधारमा व्यवस्थापन समितिले रकम र लाभान्वित संख्या समेत तोक्न सक्नेछ । 

यसै बर्षदेखि कक्षा ११ शुरु गर्न लागेको छेस्काम माध्यमिक विद्यालयको कक्षा ११ उद्घाटन कार्यक्रममा अक्षय कोषका बारेमा बिस्तृत जानकारी दिँदै रकम हस्तान्तरण गर्ने योजना गरेको महासचिव रामकुमार कुलुङले जानकारी दिए । हालका लागि छात्रवृत्ति कोषमा यहि अगष्त २०१८ सम्म रकम जम्मा गर्न सकिने मञ्चले जनाएको छ ।copy solukhumbu samachar