Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

चिकित्सा शिक्षा क्षेत्रको सिण्डिकेट तोडेर छाड्ने सरकारको दृढता

काठमाडौं । सरकारले अनसनकै आडमा चिकित्सा शिक्षा नीति बनाउन खोज्नु डा. गोविन्द केसीको ‘अधिनायकवादी’ शैली भएको टिप्पणी गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. केसी र गंगामाया अधिकारीको अनसन तथा निषेधित क्षेत्र लागु गर्नुको कारणबारे राष्ट्रिय र प्रतिनिधिसभामा कारण मागेपछि गृहमन्त्री रामबहादुर थापाले जवाफ दिँदै जटिलताका कारण डा. केसीसँग भएको सम्झौता कार्यान्वयन नभएको स्पष्टीकरण दिनुभएको हो । केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक पनि नलगाएको मन्त्री थापाको भनाइ थियो ।

आफूले भनेको हुनैपर्छ भन्ने डा. केसीको ढिपी ‘अधिनायकवादी’ शैली रहेको भन्दै मन्त्री थापाले चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढाइने र चिकित्सा शिक्षामा रहेको ‘सिन्डिकेट’ अन्त्य गर्न पनि सरकार दृढ रहेको जानकारी सदनलाई गराउनु भयो ।

अराजकता नियन्त्रणका लागि माइतीघर लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको स्पष्ट पार्नुभएका मन्त्री थापाले जहाँ–जे पनि गर्न पाइन्छ भन्ने प्रबृत्ति सरकारले अन्त्य गराउने दावी पनि गर्नुभयो । शान्ति–सुरक्षा र नागरिको आवागमनलाई दृष्टिगत गरेर गरिएको निर्णयलाई ‘अधिनायकवाद’सँग जोडिनु हाँस्यास्पद हुने मन्त्री थापाको भनाइ थियो ।

गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल त होइन भन्दै प्रश्न गर्नुभएको थियो । सर्वोच्च अदालतले समेत निर्णय गरिसकेको विषयमा सरकारले अवज्ञा नगर्ने स्पष्ट पार्नुभएका मन्त्री थापाले गंगामायाको विषय राजनीतिक रुपमा हल हुनुपर्नेमा जोड दिनुभएको थियो । यसअघि नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक भने पन्ध्र मिनेट स्थगित गरिएको थियो ।