Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना

आईतबार, २४ वैशाख, गोरखा । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबाट गोरखाको गण्डकी गाउँपालिका प्रमुखका उम्मेदवार कुमार तिवारीले गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

उनले भुम्लीचोकको भैरवी डाँडा देखि मनकामना जाने पर्यटकीय पैदल मार्ग निर्माण गरिने बताए । ‘सुन्दर दृष्य अवलोकन गर्दै धार्मिक आस्थाको केन्द्र मनकामना जाने पैदल मार्र्ग बनाउनु पर्छ’, तिवारीले भने, ‘यो पदमार्गले पर्यटकलाई आकर्षित गर्ने छ ।’ भैरवी डाँडामा भ्यू टावर निर्माण गर्ने पनि उनले बताए ।
चर्चित विद्यार्थी नेताको रुपमा स्थापित तिवारीले गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्ने योजना रहेको समेत प्रष्ट पारेका छन् । ‘गाउँमा प्राविधिक शिक्षालय खोलिने छ । जसले लाखौं खर्च गरेर बाहिर पढ्न जाने बाध्यता हट्ने छ’, उनले भने, ‘यसले देशमा अभाव भएको दक्ष्य जनशक्तिलाई पनि पूर्ती गर्ने विश्वास लिएको छु ।’

निर्माणधिन राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाबाट विस्थापितहरुको मुअब्जा बढाउने र उनीहरुलाई सुकुम्वासी बन्नबाट जोगाउने समेत उनले बताए । ‘बढीगण्डकीको मुअब्जा कम भएको छ, यसलाई बढाउनु पर्छ’, उनको भनाई छ । उनले कम्तीमा प्रति रोपनी ८ लाखका दरले मुअब्जा दिलाउने बताएका छन् ।
बढीगण्डकी परियोजना बनेपछि विस्थापितलाई परियोजनाकै लगानीमा ५० प्रतिशत सेयर र व्याक्तिगत लगानीमा थप ५० प्रतिशत सेयरको व्यवस्था गर्ने बताए । यस्तै उनले प्रभावितहरुलाई २५ प्रतिशत परियोजनाको लगानी र २५ प्रतिशत आफ्नै लगानीमा शेयर दिलाउने बताए ।

यस्तै तिवारीले कृषिमा आधुनिकिकरण गर्ने र स्वरोजगारको वातावरण सृजना गर्ने योजना पस्केका छन् । उनले दिर्घकालिन र अल्पकालिन गरेर कृषि र पशुपालनलाई व्यवसायीकरण गर्दै स्थानीयको आम्दानी बढाउने बताएका छन् । सामुदायीक विद्यालयको सुधार गरी शिक्षाको गुणस्तर बढाउने उनको योजना छ । गाउँपालिकामा नै गुणस्तरीय शिक्षा दिलाउने उनले बताए ।

तिवारी गोरखामा लोकप्रिय युवा नेताको रुपमा स्थापित छन् । गोरखा मै वसेर लामो समय विद्यार्थी राजनीति गरेका तिवारी नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य समेत हुन् ।