Thursday 24th January 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

कुरो होइन सरकार काम गरेर देखाऊ,जनताको कान पाकिसक्यो

काठमाडौं ।  अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको हम्मेसी बुझ्न गाह्रो पथ्र्यो । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट छ । तर व्यवहारमा देउवा प्रष्ट मानिन्छन भने ओली बुझ्न गाह्रो मानिएका प्रधानमन्त्रीमा पर्छन । यी दुईको सरकारबीचको काम गराईमा भने के फरक छ त ? जवाफ हुन्छ खासै फरक छैन् ।

अघिल्लो सरकार र यो सरकारमा के फरक छ ? जानेमानेका प्रबुद्ध व्यक्तिहरुले त भन्ने गर्छन खासै फरक छैन तर सडकमा हिँडिरहेका सर्वसाधारणलाई यो प्रश्न सोध्ने हो भने सबैको उस्तै जवाफ हुन्छ यो सरकारसँग दुईतिहाइ बहुमत छ । चाहेको काम गर्न सक्छ । यो बाहेक अरु कुनै अनुभूतिजन्य पृथकता भने देखिएको छैन । तर प्रधानमन्त्रीको भाषण हरेक कार्यक्रम हरुमा आक्रमक हुने गर्दछ अव यो सरकारले यस्तो गर्छ ।

सरकारको काम गराईको चाला, तरिका, सिंहदरवारको पुरानै ढर्रा, हरेक क्षेत्रहरुमा विचौलीयाहरुको भिड, नेताहरुमा रहेको नातावाद आदि उस्तै छ । त्यसमाथि मन्त्रीहरुको व्यक्तिगत आर्थिक लाभतिरको आकर्षण, ऐन, नियम, कानुनको स्वयं मन्त्रीहरुबाटै भइरहेको अवज्ञा आदिले कुनै नयाँपनको झल्को दिइरहेको छैन भन्ने आरोप प्रमुख प्रतिपक्षी दल काँग्रेसको छ ।

सरकारकै मन्त्रीहरुले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलीरहेको आरोप लागिरहेको छ । गोपनीयता लगायतका घुमाउरा विषयलाई आधार बनाएर सूचना संकलनदेखि सम्प्रेषण सम्मलाई बाधा पु¥याउने ऐन भदौ १ गतेदेखि लागु हुँदैछ । कतै आफैँले मौलिक हक हनन गरेको त छैन भनेर समीक्षा गर्नु त कता हो कता, व्यग्रताका साथ त्यो दिनको प्रतीक्षा गरेजस्तो देखिएको छ सरकार ।

आफ्ना कमजोरी छोप्न अरुलाई आरोप लगाउने पुरातन विधि र प्रकृयालाई प्रत्येक कार्यक्रममा प्रधानमन्त्रीले निरन्तरता दिएको जस्तो देखिन्छ । नेपाली जनता कुरामा होइन, काम र परिणाममा विश्वास गर्छन् । सपना नभई विपनामा भर पर्छन् । भाषण सुनेर रमाइलो मान्लान तर महंगी र वेथितिको मारमा परिरहेका जनता काम भएको तथ्यमा हेर्न चाहन्छन् ।

सिण्डिकेटको जालो तोड्नको लागि यातायात क्षेत्रमा हालिएको हातले समस्या झन बल्झाएको छ । तरकारी बजारमा गर्न खोजिएको परिर्वनले उल्टै महंगीको मार खेप्न जनता बाध्य पारिएका छन् । आम जनताको पहिलो अनुभूति भान्साबाट सुरु हुन्छ । काम सरकारी निकायहरुमा गएर ठोक्किन्छ । सडक सबैको गुनासोका लागि साझा थलो हो । चित्त बुझाउने ठाउँ खोई कहाँ छ त ?