Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

ओली र प्रचण्ड देश बाहिर, कार्यवाहक प्रधानमन्त्री र अध्यक्ष कस्लाई ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।