Saturday 26th May 2018

    प्रधानमन्त्री र मन्त्रीहरुको बोली भ्रष्टाचार विरोधी, व्यवहार भने भ्रष्टाचारी !(भिडियोसहित)    सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?    गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम        सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने

विहीबार,२१ बैशाख, काठमाडौं । आफ्नो उम्मेद्वारी मनोनयन फिर्ता लिन चाहने उम्मेद्वारलाई निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता लिने समय विहीवारका लागि तोकेको छ । उम्मेद्वारले आज दिउँसो एक बजेदेखि साँझ ५ बजेसम्मा आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन् ।

तोकिएको समयभित्र सम्वन्धित स्थानीय तहमा पुगेर आफ्नो उम्मेद्वारी फिर्ता लिन आयोगले समय सिमा तोकेको हो ।

आयोगले आजै बिहान ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको सूची सार्वजनिक गर्दैछ । उम्मेद्वारीका लागि परेको निवेदनको चेकजाँच गरी आयोगले बिहान ११ बजेदेखि १ बजेसम्म सूची प्रकाशित गर्नेछ । उक्त सूचीमा नाम समावेश भएका उम्मेद्वारले ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाउनेछन् ।

आयोगले उम्मेद्वारको अन्तिम नामावली यही २२ गते सार्वजनिक गर्दैछ । उम्मेद्वारको अन्तिम नामावलीमा समावेश भएका उम्मेद्वारहरुलाई आयोगले सोही दिन निर्वाचन चिहृन दिएर स्थानीय तह निर्वाचनको उम्मेद्वार घोषणा गर्नेछ ।