Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चामाथि दबाब

माघ, मधेसलाई सम्बोधन गर्न संविधानमा पहिलो संशोधन भएपछि यसबारेमा समीक्षा गर्न र भावी रणनीति तय गर्न आन्दोलनरत मधेसी मोर्चाको बैठक आज बस्दैछ ।
मोर्चासँग सहमति नगरीकन गरिएको संविधान संशोधनले समाधान नदिने प्रतिक्रिया मोर्चाका नेताहरुले दिएका छन् । तर औचापरिक छलफल गरेर निर्णय भने मोर्चाले केही गरेको छैन।
संसद्को शनिबार राति बसेको बैठकले संविधानमा पहिलो संशोधन गर्दै मधेसले राखेका मागहरुलाई सम्बोधन गरेको हो ।
मोर्चाले राखेका अधिकांश मागहरु सम्बोधन भइसकेकोले आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चामाथि दबाब परेको छ।
प्रमुख आधार जनसंख्या र दोस्रो आधार भूगोल बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने  र राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने प्रावधान संशोधनमार्फत संविधानमा समावेश गरिएको छ ।मोर्चाले राखेका मागमध्ये प्रमुख माग यीनै हुन् ।
त्यसैगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सिमांकनको टुंगो लगाउने नीतिगत निर्णय सरकारले गरिसकेको छ भने प्रमुख दलहरुले पनि यसमा लिखित प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।
माग सम्बोधन भइसकेपछि पनि नाका केन्द्रित आन्दोलन जारी राख्दा आन्दोलनप्रति नै जनतामा नकारात्मक धारणा बन्नसक्ने अवस्थाको विश्लेषण गर्दै बैठकमा आन्दोलनको परिमार्जन तथा स्वरुप परिवर्तनबारे  पनि छलफल हुने बताइएको छ ।annapurnapost