Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

आत्महत्या गरिन् ‘बालिका बधुु’ की आनन्दीले

भारतीय टेलिभिजन कलर्सको चर्चित धाराबाहिक श्रृंखला ुबालिका बधुु मा आनन्दीको भूमिका निर्वाह गर्दै आएकी कलाकार प्रत्युषा बनर्जीले शुक्रबार दिउँसो आत्महत्या गरेकी छन् ।
ब्वाई फ्रेन्ड राहुल राज सिंहसँग झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको भारतीय सञ्चामाध्यले जानकारी दिएका छन् । झुन्डिएपछि उनलाई तत्कालै मुम्बईको कोकिला बेन अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई डक्टरको टोलीले मृत घोषित गरिदिए । पुलिसले राहुल, प्रत्युषाका भान्सेर र उनका केही साथीसँग घटनाबारेमा बयान लिइरहेको छ।
जानकारी अनुसार प्रत्युषाले मुम्बईको अन्धेरी पश्चिम इलाकामा रहेको आफ्नै घरमा शुक्रवार झुन्डिएर आत्महत्या गरेकी हुन् । उनका निकटहरुका अनुसार आफ्ना ब्वाई फ्रेन्ड राहुलसँग केही समयदेखि झगडा चलिरहेको थियो । समाचार अनुसार उनीहरु दुईजना केही दिनमै बिहेको तयारीमा समेत थिए । बिहेको तयारी भइरहेका बेला ब्वाई फ्रेन्ड राहुलले प्रत्युषामाथि धोका दिएको आरोप लगाएका थिए ।
प्रहरीका अनुसार जब प्रत्युषा झुनुडिइन् तब राहुल घरमा थिएनन् । साँझ करिब ५ बजे जब उनी घरमा पुगे त्यो बेला प्रत्युषा रहेको कोठाको ढोका खोल्न सकेनन् । त्यसपछि उनले ढोका फोडेर भित्र पस्दा प्रत्युषालाई झुन्डिएको अवस्थामा भेट्टाए ।
राहुलले पुलिसलाई फोन गरेर यसबारेमा जानकारी गराएका थिए । उनले त्यसपछि प्रत्यूषालाई लिएर कोकीलाबेन अस्पताल पुगेका थिए । अस्पतालमा उनलाई बचाउने कोशिस पनि गरियो तर केहीबेरमै प्रत्युषालाई डाक्टरले मृत घोषित गरिदिए ।

balika badhu's bf
पुलिसलाई प्रत्यूषाको घरबाट कुनै किसिमको सुसाइड नोट मिलेन । उनको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। उनको भेट राहुलसँग जमसेदपुरमै भएको एक पार्टीका क्रममा भएको थियो ।
प्रत्युषाको ज्यान गएपछि उनका केही साथी कलाकारहरु उनले आत्महत्या गर्नै नसक्ने बताइरहेका छन् । कलाकार सारा खान भनिन्, ुउनी एक मजबूत लक्ष्य भएकी युवती थिइन् । उनले आत्महत्या गर्नै सक्दिनन् ।
ुबिग बोसु का प्रतियोगी रहेका एजाज खानले त प्रष्ट भाषामा प्रत्युषाको हत्या गरेको बताएकाछन् । उनको भनाइमा प्रत्युषा आत्महत्या गर्ने केटी नै हैनन् । प्रत्यूषाको मृत्युको खबरपछि भारतीय टेलिभिजन उद्योग शोकमा डुबेको छ । हरेक कलाकारदेखि कार्यक्रम उत्पादकसम्म आफूहरुलाई झट्का लागेको बताइरहेका छन् ।
उनकी साथी कलाकार काम्या पञ्जाबीले मृत्युको खबर पुष्टि गर्दै आफू यसबारे केही बोल्नै नसक्ने अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । प्रत्युषा ुबालिका बधुु मा ुआनन्दीु को भूमिकाबाट चर्चामा आएकी थिइन् । समाचार अनुसार पछिल्लो केही समयदेखि प्रत्युषाको जीवनमा केही समस्या आइरहेको थियो। उनका निकट मित्रहरुका अनुसार उनको व्यवहार पनि झनक्क रिसाउने हुँदै गएको थियो ।