Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

आजै मन्त्रिपरिषद विस्तार हुने, ४ बजे शपथ ग्रहण को को थपिए मन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सम्भवतः आजै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । थप भएका मन्त्रीहरुकाे आजै ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टी गरेकाे छ ।

 

 

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले दिएको जानकारी अनुसार आज मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहेको छ । ‘मन्त्रिपरिषद आजै विस्तार हुने सम्भावना छ,’ उनले भने ।
आज मन्त्रिपरिषद विस्तार हुने भनिए पनि को-को मन्त्री बन्दै छन् भन्ने कुनै पनि दलले आधिकारीक जानकारी दिएको छैन ।
गत फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा ल्याउन मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई गरिरहेका थिए । एक महिना अवधिमा प्रधानमन्त्री ओलीले फोरम र राजपालाई आफ्ना पक्षमा ल्याएका छन्। दुवै दलले संसद्मा ओलीका पक्षमा विश्वासको मत दिए। त्यसैले अबको विस्तारमा दुवै दललाई समेट्ने तयारी छ। फोरमसँग अन्तिम कुराकानी भइसकेको छ। त्यसैले अबको विस्तारमा फोरम पनि सहभागी हुँदै छ।
फोरमले वाम गठबन्धनसँग तीनवटा मन्त्रालय मागेको छ। तर गठबन्धनले दुइटा मात्र दिने तयारी गरेको छ। दुइटा मन्त्रालय पाउँदा राष्ट्रिय सभाको उपाध्यक्ष वा उपसभामुख आफूले पाउनुपर्ने अडान फोरमको छ। तर उपसभामुखमा एमालेले आफैं उम्मेदवारी दिएकाले अब दुई मन्त्री र एक राज्यमन्त्री फोरमलाई दिने सम्भावना छ।
राजपा भने तत्कालै सरकारमा सहभागी हुने कि नहुने भन्ने स्पष्ट भइसकेको छैन। शुक्रबार उनीहरूसँग पनि अन्तिम कुरा गर्ने तयारी गठबन्धनको छ। राजपासँग कुरा नटुंगिए पनि अब पर्खने मनस्थितिमा प्रधानमन्त्री छैनन्। फोरमलाई मात्र लिएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको योजना छ।
नाम सार्वजनिक गरिहाल्दा झन् दबाब बढ्ने भएकाले अन्तिम समयमा छनोट गर्ने दुवै दलका अध्यक्षको योजना छ । मन्त्री बनाउँदा प्रादेशिक सन्तुलन र समावेशितालाई पनि ध्यान दिइने तर काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने प्रधानमन्त्रीको मनस्थिति छ ।

प्रकाशित : चैत्र २, २०७४ १२:२१