Thursday 24th January 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै

काठमाडौँ । पार्टी एकताको बिषयमा सहमति जुटाउने प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीवार एक्ला एक्लै वार्ता भएको छ ।

दुई पार्टीको एकता संयोजन समितिको बैठकले मिल्न नसकेका बिषयमा सहमति गर्ने जिम्मा दुई अध्यक्षलाई दिएपछि दुई दलका शीर्ष नेता छलफलमा केन्द्रित भएका हुन् ।

दुई पार्टीबीच जनयुद्ध, निर्वाचन चिन्ह र एकीकृत पार्टीमा रहने संख्याका बारेमा छलफल भएको थियो । एकतापछि बन्ने कमिटिमा माओवादी केन्द्रले ५० प्रतिशत हिस्सा दावी गरेपछि वैशाख ९ गते पार्टी एकता गर्ने प्रयास विफल भइसकेको छ ।